लघुवित्तको परिचय
आर्थिक क्रियाकलापको पँहुचनपुगेका पिछडिएका दलित, जनजाती, अतिविपन्न वर्ग खास गरेर महिलाहरुलाई स–साना रकम बचत गर्न लगाउनु, विनाधितो उत्पादनमुलक कार्यका लागि ऋण प्रदान गर्नुका साथै शिक्षा स्वास्थ सरसफाईका सेवाहरु उपलब्ध गराई सशक्तिकरण गरी समग्रमा त्यस्ता वर्गको आर्थिक तथा सामाजिक उत्थान गर्ने कार्यलाई लघुवित्त भनिन्छ । त्यसैले लघुवित्तलाई गरीवीनिवारणको महत्वपूर्ण प्रभावशाली वित्तीय उपकरण तथा विज्ञान मानिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य
- कार्यक्षेत्र भित्र रहेका न्युनआय स्तरका गरिव तथा अति विपन्न बर्गका महिलाहरुलाई संगठित पार्दै
महिला तालिमको अवसर प्रदान गर्दैै सशक्तिकरण गर्ने ।
- दिदिबहिनीहरुलाई सुलभ र सरल तरिकाले लघुवित्त ऋण लगानी गरी आर्थिक तथा सामाजिकरण
स्थितिमा सुधार ल्याउने ।
- समूह, केन्द्र तथा संस्थागत विकासका लागि वित्तिय श्रोतको पहुंच वृद्दि गर्दै व्यवसायीक विकासका
कार्यगर्ने ।
- वित्तीय सेवाप्रदानको लागि स्थानीयस्तरमा पूँजीको निर्माण अधिकतम गर्ने ।
- केन्द्रका केन्द्र प्रमुख, उप–प्रमुखतथा समूहअध्यक्षहरुको नेतृत्व विकासका लागी नियमित रुपमा
नेतृत्व पुनरगठन गर्ने ।
लघुवित्त कार्यक्रमको स्रोत
- नियमितवचत, शेयर पुँजी, विभिन्न कोषहरु ।
- लगानीबाट प्राप्त ब्याज तथा अनुदान रकम ।
- ऋण स्वरुप सापट लिइ प्राप्त गरिने रकम ।
कार्यनीति
- विपन्न, न्यूनआयका समुदाय तथा मध्यम आय भएका महिलाहरुको समूहको केन्द्र गठन गर्ने ।
- सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गरी उनिहरुको आर्थिक तथा सामाजिक स्थितिमा
सुधार ल्याउने ।
- वित्तीय संघ संस्थाहरुबाट ऋण प्राप्त गरी लघु ऋणको रुपमा सरल र सुलभ तरिकाले ऋण उपलब्ध
गराउने ।
- केन्द्र वा समूह सदस्यहरुमा लघु बचत संकलनगर्ने ।
- नियमित रुपमानिरिक्षण तथाअनुगमनगर्दै शिक्षा, स्वास्थ्य, तथा सामाजिक स्थितिमा सुधार
ल्याउने ।
- वित्तीयमध्यस्तकर्ता सम्बन्धी भैपरी आउने अन्यकार्यहरु संचालनगर्ने÷ गराउने ।
- वित्तीय साक्षरता, परामर्ष, तथाव्यवसायीककार्यक्रममाव्यवहारीक वनाउर्दै लाने ।
कार्यान्वयनप्रकृया
- कार्य क्षेत्र छनौट
- समूदायमाकार्यक्रमको जानकारी
- लक्षितवर्गको पहिचान
- केन्द्र÷समूह गठन
- वित्तिय सेवाप्रदान (बचत, लघुवित्त ऋण, धितो राखेर ऋण लगानी, घुम्ति कोष, आरक्षण कोष)