काठमाडौं– गोकर्णेश्वर नगरपालिका-२ स्थीत नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निः शुल्क दन्त शिविर सञ्चालनमा ल्याउने भएको छ । यस शिविरलाई समाज डेण्टल हस्पिटलले प्रविधिक सहयोग गर्ने र उक्त कार्यक्रम कार्तिक १७ गते संस्थाको कार्यालय भवन गोकर्णेश्वर नगरपालिका–२ मा गर्न लागेको हो । यस कार्यक्रमबाट सदस्य तथा सर्वसाधारण जनताले भरपुर फाईदा लिने नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको विश्वास रहेको छ । उक्त शिविरमा सबैलाई सहभागी भई लाभ लिन नयाँपाटी सहकारी संस्थाले हार्दिक अनुरोध गरेको छ ।