२०७६ माघ १८ गते संस्थाको अध्यक्ष विजय कुमार श्रेष्ठको अध्यक्षतामा आ.ब.२०७६।०७७ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त समिक्षा कार्यक्रममा संचालक समिति, उप समितिहरु, सल्लाहकार समिति, संस्थापक सदस्यहरु , पूर्व संचालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । आ.ब. २०७६।०७७ को अर्धवार्षिक समिक्षाबाट संस्थाले लिएको लक्ष्यमा प्राप्ति भएको समिक्षा गरियो । २०७६ पौष मसान्त सम्ममा संस्थाको शेयरपूँजी रु १० करोड २४ लाख ८५ हजार, वचत निक्षेप रु ६४ करोड ५३ लाख २६ हजार, ऋण लगानी रु ६५ करोड ५७ लाख ९९ हजार रहेको छ भने कुल सम्पति रु ८८ करोड ५५ लाख ४२ हजार पुगेको छ ।