मिति २०७६ पौष ४ गते शनिवार संस्थाको ज्येष्ठ सदस्य श्री कृष्ण कुमार श्रेष्ठ ज्यू को प्रमुख अतिथिको आतिथ्यतामा यस संस्थाको २३ औं साधारण सभा नयाँपाटी पार्टी प्यालेस गोकर्णेश्वर न.पा.२, नयाँपाटी काठमाडौंमा नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्ड पालना गरी साथै सहकारी विभागको निर्देशन अनुसार सम्पन्न भएको छ । उक्त साधारण सभाको लागि सदस्य उपस्थितिको लागि पाँच वटा क्षेत्रहरुमा मिति २०७७ मंसिर २७ गते देखि २०७७ पौष ३ गते सम्म सदस्य दर्ता पुस्तिका तथा सुझाव संकलन केन्द्रहरुको व्यवस्था गरिएको थियो । आ.ब.०७६।०७७ मा सदस्यहरुको लागि १५ प्रतिशत लाभाशं उक्त सभाबाट पारित गरिएको थियो ।