संस्थाको सदस्यहरुलाई निरन्तर रुपमा बित्तिय सेवा र वचत रकममा उच्च प्रतिफल दिने उद्देश्यले यो विशेष वचत संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।
विशेषताहरु :
न्यूनतम रु १०,००० खातामा राखि खाता खोल्न सकिने
वचतमा ६ प्रतिशत व्याज प्रदान गरिनेछ ।
वचतमा व्याज दैनिक मौन्दातमा दिइनेछ ।
नयाँपाटी विशेष वचत खातामा त्रैमासिक रुपमा ( असोज, पौष, चैत्र र असार मसान्तमा) व्याज जम्मा गरिनेछ ।
सदस्यको चाहना अनुसार जतिपनि रकम जम्मा गर्न र रकम निकाल्न सकिनेछ ।