०१-४८००८८१
info@nayapatisaccos.com
गोकर्णेश्वर न. पा. -२ ,नयाँपाटी, काठमाडौं

हाम्रो बारेमा

नयाँपाटी वचत तथा ऋण सहकारी संस्था लि. को स्थापना २०५४ साल चैत्र १६ गते २८ जना शेयर सदस्यहरुको दूई हजार आठ सय रुपैया शेयर पूँजीबाट सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको समूदायमा आधारित सहकारी संस्था हो । यस संस्थाको स्थापना अघि समूदायका मानिसहरुले आफ्नो आर्थिक समस्या, अप्ठारा तथा व्यवसाय गर्न परम्परागत तरिका अर्थात गाऊँको जमिन्दार, साहूँहरुबाट आफनो घरजग्गा धितो राखि चर्को व्याजदरमा ऋण लिने गरेको थियो । फलस्वरुप उनीहरुले उक्त ऋण तिर्न नसकी आफनो घरजग्गा गुमाउन परेको स्थिति थियो । यहि तितो यर्थाथलाई आत्मासाथ गरी समूदायका छरिएर रहेको स–साना पूँजीलाई एकृकित गरि समूदाय मै लगानी गरी आर्थिक तथा सामाजिक स्तरको विकास गर्ने उद्धेश्य सहित यस संस्थाको स्थापना भएको हो । साथै गरिव तथा अतिविपन्न महिला, दलित, आदीवासी जनजाति र पिछडिएका वर्गहरुकोले पनि वचत गर्न सक्छ र वचत गर्ने बानीमा प्रोत्साहन गर्ने तथा आर्थिक तथा सामाजिक स्तर उकास्नको लागि २०६१ साल देखि आत्मनिर्भर महिला लघुवित्त कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ । यस संस्थाको कार्य क्षेत्र काठमाडौं जिल्ला भरि पर्दछ ।
परिकल्पना
“सम्पूर्ण वित्तिय समाधानको पहिलो छनौट नयाँपाटी साकोस”
ध्येय
सदस्यहरुलाई सर्वसुलभ, प्रतिस्पर्धी, गुणस्तरीय वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गरी सामाजिक तथा आर्थिक विकास गराउने ।
लक्ष्य
  1. सदस्यहरुको वचत तथा लघुवित मार्फत पूँजीको बृद्धि गर्ने
  2. जोखिम विश्लेषणको आधारमा लगानीमा विविधिकरण गरि सुरक्षित र सुनिश्चित क्षेत्रमा लगानी गर्ने
उद्धेश्य
  1. यस क्षेत्रमा समुदायमा छरिएरको सानो सानो पूँजीलाई एकिकृत गरि वचत तथा पूँजीको बृद्धि गर्ने साथै सदस्यहरुको वचत गर्ने बानीमा प्रोहत्सान गर्ने
  2. लघुवित मार्फत महिला तथा पिछडिएका वर्गहरुको (दलित, जनजाति) आर्थिक तथा सामाजिक विकास गर्ने
  3.  सदस्यहरुको आर्थिक स्तर बृद्धि हुने गरि उत्पादन मुलक, लघुउद्यम तथा स्वरोजगार क्षेत्रमा लगानीको प्राथमिकता दिने
  4. न्यून जोखिम रहेको सदस्यहरुको अन्य व्यवसायिक क्षेत्रमा लगानी गर्ने