कार्यालय समय : सोमबार – शुक्रबार: ९:०० – ५:०० कारोबार समय: ९:०० – ४:०० +९७७ १४८ ००८८१
नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. — Nayapati Saving & Credit Cooperative Ltd.
ताजा सूचना
सुरक्षित भविष्य

हाम्रा बचत योजनाहरू

सदस्यहरूको चाहना र आवश्यकता अनुसार सञ्चालन गरिएका बचत योजनाहरू ।

लोकप्रिय
ब्याज ३.५%

बाल बचत

सदस्यले आफ्नो १६ वर्ष भन्दा मुनिका छोरा छोरीको नाममा संस्थामा बाल बचत खोल्न सकिनेछ । बाल बचत खातामा मासिक रुपमा संस्थाले तोके अनुसार वा सो भन्दा बढी रकम जम्मा गर्न सकिनेछ । बचत खातामा जम्मा रकम १६ वर्ष अगावै बचत फिर्ता गर्न सकिने छैन भने १६ वर्ष पुरा भएपछि शेयर सदस्यमा परिणत गर्न सकिनेछ ।

  • सदस्यका १६ वर्ष मुनिका बाल बालिकाको मात्र खाता खोल्न सकिनेछ ।
  • न्यूनतम रु १०० खातामा राखि खाता खोल्न सकिनेछ ।
  • न्यूनतम मासिक रु १०० वा त्यो भन्दा बढी रकम जम्मा गर्न सकिनेछ ।
पूरा विवरण
ब्याज ३.५%

वृद्धावस्था बचत / जेष्ठ नगरिक

सदस्यको वृद्धावस्थाको लागि आर्थिक रुपमा सुरक्षित गर्ने उद्देश्यले ४० वर्ष माथि ५० वर्ष उमेर ननाघेको सदस्यहरुको लागि यो खाता संचालन गरिएको छ । यो बचत खातामा संस्थाले तोकेको अनुसार वा आफ्नो क्षमता अनुसार सो रकम बढी रकम सम्म जम्मा गर्न सकिनेछ भने सदस्य ६० वर्ष उमेर पुगे पछि मात्र बचत रकम निकाल्न सकिनेछ ।

  • ४० वर्ष माथिको सदस्यहरुले खाता खोल्न सकिनेछ ।
  • मासिक न्यूनतम रु १०० वा सो भन्दा बढि रकम समेत जम्मा गर्न सकिनेछ ।
  • बचतमा ३.५ % ब्याज प्रदान गरिनेछ ।
पूरा विवरण
ब्याज २.९%

नियमित बचत

सदस्यता प्राप्त भएको मिति देखि मासिक रुपमा वा अग्रिम रुपमा संस्थाले तोकेको रकम बचत गर्न सकिनेछ । संस्थाको सदस्यहरुको वित्तीय अवस्था भविश्यमा सुदृढ होस् भन्ने साथै सदस्यले आफ्नो चाहना अनुरुप यस बचत खाताको रकमबाट संस्थाको शेयर पूँजी बृद्धि गर्न सक्ने उद्देश्यले यो बचत खाता संचालन गरिएको छ ।

  • सदस्यले मासिक न्यूनतम रु २०० वा सो भन्दा बढी बचत सकिने छ ।
  • नियमित बचत खातामा त्रैमासिक रुपमा ( असोज, पौष, चैत्र र असार मसान्तमा) ब्याज जम्मा गरिनेछ ।
  • बचतमा २.९ % ब्याज प्रदान गरिनेछ ।
पूरा विवरण
ब्याज २.९%

नयाँपाटी विशेष बचत

संस्थाको सदस्यहरुलाई निरन्तर रुपमा बित्तिय सेवा र बचत रकममा उच्च प्रतिफल दिने उद्देश्यले यो विशेष बचत संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।

  • न्यूनतम रु १०,००० खातामा राखि खाता खोल्न सकिने
  • बचतमा २.९ % ब्याज प्रदान गरिनेछ ।
  • बचतमा ब्याज दैनिक मौज्दातमा दिइनेछ ।
पूरा विवरण

सबै बचत योजना हेर्नुहोस्

सुलभ वित्तीय सहयोग

तपाईंको आवश्यकता अनुसारका ऋण सुविधाहरू

सदस्यको बचत र शेयर रकमको आधारमा, धनजमानी वा धितो राखी विभिन्न शीर्षकमा ऋण उपलब्ध गराइन्छ । प्रत्येक शीर्षकको ऋण सिमा, अवधि र ब्याजदर तल उल्लेख गरिएको छ ।

आवास ऋण

घर निर्माण, मर्मत तथा थप गर्न प्रदान गरिने ऋणलाई आवास ऋण भनिनेछ ।

रु.१ करोड ५० लाख · ९.९९%

कृषि तथा पशुपालन ऋण

नगदेवाली, तरकारी खेती, फलफुल खेती, कुखुरापालन, माछापालन, पशुपालन आदि कार्यका लागि प्रदान गरिने ऋणलाई कृषि तथा पशुपालन ऋण भनिनेछ ।

रु.३० लाख · ४%

व्यवसायिक ऋण

किराना तथा उपभोग्य पसल, होटल, तालिम केन्द्र, घरेलु तथा साना उद्योग, कलकारखाना, सेवामूलक व्यवसाय (स्कुल, कलेज, अस्पताल, औषधी पसल आदि) लगायतका व्यापार व्यवसायमा प्रदान गरिने ऋणलाई व्यवसायिक ऋण भनिनेछ ।

रु.१ करोड ५० लाख · ९.७५%

शैक्षिक ऋण

उच्च शिक्षा आर्जन गर्नको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिनेछ ।

रु.५० लाख · ९.९९%

सबै १० ऋण शीर्षक हेर्नुहोस्

ऋण किस्ता क्याल्कुलेटर

घट्दो ब्याजमा किस्ता अनुमान गर्नुहोस्

घट्दो ब्याज
1,00,0001,50,00,000
110
3%12%
पहिलो किस्ता
अन्तिम किस्ता
मासिक साँवा
कुल ब्याज

औसत मासिक अवधिको आधारमा गरिएको अनुमान मात्र हो । वास्तविक किस्ता भुक्तानी मितिबीचको दिन र स्वीकृत सर्तअनुसार फरक हुन सक्छ ।

अनुमानित किस्ता तालिका हेर्नुहोस्
अनुमानित घट्दो ब्याज किस्ता तालिका
किस्तासुरुको बाँकीसाँवाब्याजकिस्ता रकमअन्तिम बाँकी
ऋण परामर्शको लागि सम्पर्क गर्नुहोस्
नयाँपाटी मोबाइल बैंकिङ सेवा

सहकारी सेवा अब तपाईंको हातमै

यस सहकारीले आफ्ना सदस्यहरूलाई स्मार्ट बैंकिङ सेवा सुरु गरेको छ । मोबाइल बैंकिङ मार्फत रकम ट्रान्सफर, मोबाइल रिचार्ज र ADSL बिल भुक्तानी गर्न सक्नुहुन्छ ।

  • रकम ट्रान्सफर
  • बिल भुक्तानी
  • खाता विवरण
  • कारोबार जानकारी
  • सुरक्षित लगइन
  • चौबीसै घण्टा पहुँच

अन्य सेवाहरू

  • ADSL बिल भुक्तानी
  • मोबाइल बैंकिङ
  • मोबाइल रिचार्ज
श्यामकृष्ण श्रेष्ठ
सन्देश

अध्यक्षको सन्देश

श्यामकृष्ण श्रेष्ठ अध्यक्ष

वि.सं. २०५४ साल चैत्र १६ गते स्थापना भएको हाम्रो संस्था सदस्यहरूको विश्वास, सुशासन, पारदर्शिता तथा सहकारी सिद्धान्तप्रतिको प्रतिबद्धताका साथ नयाँ प्रविधि र डिजिटल युगसँगै निरन्तर अगाडि बढ्दै आएको छ। काठमाडौं कार्यक्षेत्रभित्र सञ्चालन हुँदै आएको संस्थाले बचत, ऋण, डिजिटल भुक्तानी सेवा तथा सदस्य केन्द्रित विविध वित्तीय सेवामार्फत हजारौं सदस्यहरूको आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

पूरा पढ्नुहोस्
Commitment of the Manager
सन्देश

व्यवस्थापकको प्रतिवद्धता

नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लामो समय देखि सेवा प्रवाह गर्ने क्रममा विभिन्न आरोह अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान कायम गर्न सफल भएको छ । संस्थाले राष्ट्रिय रुपमा प्राप्त सम्मान, पुरस्कार मायाँ विश्वासको परिणाम हो । यस अवधिमा संस्थाको सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण र अन्य वित्तिय सेवा प्रवाह गर्न सफल भई सम्पूर्ण वित्तिय समाधानको पहिलो छनांैट नयाँपाटी साकोस वनाउने कार्यमा निरन्तर प्रतिवद्धता जनाउदै सदस्य सन्तुस्ती र गुणस्तरिय सेवा प्रदानमा प्राथमिकता राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ । यसलाई थप प्रभावकारी व्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ । हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवस्यकता र सन्तुस्टिमा केन्दित भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलव्ध गराउन प्रतिबद्ध छौं ।

पूरा पढ्नुहोस्
पारदर्शिता तथा सूचना

सूचना, प्रतिवेदन तथा समाचार

सबै समाचार
समाचार

नयाँपाटी साकोसको २९औँ वार्षिक साधारण सभा सम्पन्न

असोज २५ गते, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को २९औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।

विनिमय दर

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विनिमय दर
मुद्राखरिदबिक्री
USD 154.48 155.08
INR ×100 160.00 160.15
EUR 173.05 173.72
GBP 204.42 205.21
AED 42.06 42.22
SAR 41.12 41.28

सुन तथा चाँदीको दर

सुन तथा चाँदीको दर नेपाली रुपैयाँमा
धातुप्रति तोलाप्रति १० ग्राम
छापावाल सुन २,९४,४००.००२,५२,४००.००
असली चाँदी ४,४१५.००३,७८५.००

स्रोत: FENEGOSIDA

दर नेपाली रुपैयाँमा । गहना बनाउने शुल्क र अन्य शुल्क फरक हुन सक्छन् ।