कार्यालय समय : सोमबार – शुक्रबार: ९:०० – ५:०० कारोबार समय: ९:०० – ४:०० +९७७ १४८ ००८८१
नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. — Nayapati Saving & Credit Cooperative Ltd.
ताजा सूचना

हाम्रो बारेमा

हाम्रो बारेमा

स्थापना
२०५४ चैत्र १६
संस्थापक
२८ जना
शेयर पूँजी
रु. २,८००
ऐन
सहकारी ऐन २०४८

नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना २०५४ साल चैत्र १६ गते २८ जना शेयर सदस्यहरुको दुई हजार आठ सय रुपैया शेयर पूँजीबाट सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको समुदायमा आधारित सहकारी संस्था हो ।

यस संस्थाको स्थापना अघि समुदायका मानिसहरुले आफ्नो आर्थिक समस्या, अप्ठारा तथा व्यवसाय गर्न परम्परागत तरिका अर्थात गाउँको जमिन्दार, साहुहरुबाट आफ्नो घरजग्गा धितो राखि चर्को ब्याजदरमा ऋण लिने गरेको थियो । फलस्वरुप उनीहरुले उक्त ऋण तिर्न नसकी आफ्नो घरजग्गा गुमाउन परेको स्थिति थियो । यहि तितो यर्थाथलाई आत्मासाथ गरी समुदायका छरिएर रहेको स–साना पूँजीलाई एकृकित गरि समुदाय मै लगानी गरी आर्थिक तथा सामाजिक स्तरको विकास गर्ने उद्धेश्य सहित यस संस्थाको स्थापना भएको हो ।

साथै गरिव तथा अतिविपन्न महिला, दलित, आदीवासी जनजाति र पिछडिएका वर्गहरुकोले पनि बचत गर्न सक्छ र बचत गर्ने बानीमा प्रोत्साहन गर्ने तथा आर्थिक तथा सामाजिक स्तर उकास्नको लागि २०६१ साल देखि आत्मनिर्भर महिला लघुवित्त कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ ।

यस संस्थाको कार्य क्षेत्र काठमाडौं जिल्ला भरि पर्दछ ।

“सम्पूर्ण वित्तिय समाधानको पहिलो छनौट नयाँपाटी साकोस”

सदस्यहरुलाई सर्वसुलभ, प्रतिस्पर्धी, गुणस्तरीय वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गरी सामाजिक तथा आर्थिक विकास गराउने ।

• सदस्यहरुको बचत तथा लघुवित मार्फत पूँजीको बृद्धि गर्ने

• जोखिम विश्लेषणको आधारमा लगानीमा विविधिकरण गरि सुरक्षित र सुनिश्चित क्षेत्रमा लगानी गर्ने

• यस क्षेत्रमा समुदायमा छरिएरको सानो सानो पूँजीलाई एकिकृत गरि बचत तथा पूँजीको बृद्धि गर्ने साथै सदस्यहरुको बचत गर्ने बानीमा प्रोहत्सान गर्ने

• लघुवित मार्फत महिला तथा पिछडिएका वर्गहरुको (दलित, जनजाति) आर्थिक तथा सामाजिक विकास गर्ने

• सदस्यहरुको आर्थिक स्तर बृद्धि हुने गरि उत्पादन मुलक, लघुउद्यम तथा स्वरोजगार क्षेत्रमा लगानीको प्राथमिकता दिने

• न्यून जोखिम रहेको सदस्यहरुको अन्य व्यवसायिक क्षेत्रमा लगानी गर्ने

श्यामकृष्ण श्रेष्ठ

अध्यक्षको सन्देश

श्यामकृष्ण श्रेष्ठ अध्यक्ष

वि.सं. २०५४ साल चैत्र १६ गते स्थापना भएको हाम्रो संस्था सदस्यहरूको विश्वास, सुशासन, पारदर्शिता तथा सहकारी सिद्धान्तप्रतिको प्रतिबद्धताका साथ नयाँ प्रविधि र डिजिटल युगसँगै निरन्तर अगाडि बढ्दै आएको छ। काठमाडौं कार्यक्षेत्रभित्र सञ्चालन हुँदै आएको संस्थाले बचत, ऋण, डिजिटल भुक्तानी सेवा तथा सदस्य केन्द्रित विविध वित्तीय सेवामार्फत हजारौं सदस्यहरूको आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

हामी बचतलाई सुरक्षित भविष्यको आधार र ऋणलाई समृद्धिको साधनको रूपमा विश्वास गर्दछौं। त्यसैले संस्थाले कृषि, व्यवसाय, स्वरोजगार, शिक्षा, आवास तथा अन्य आयमूलक क्षेत्रमा सरल, सहज र सदस्यमैत्री ऋण सुविधा उपलब्ध गराउँदै आएको छ। सही योजना, उचित लगानी र जिम्मेवार उपयोगमार्फत ऋणले सदस्यको आर्थिक विकास, रोजगारी सिर्जना तथा आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने हाम्रो विश्वास रहेको छ।

वर्तमान डिजिटल युगलाई आत्मसात गर्दै संस्थाले मोबाइल बैंकिङ, डिजिटल भुक्तानी सेवा, अनलाइन सेवा प्रवाह, विद्युतीय अभिलेख व्यवस्थापन तथा आधुनिक प्रविधिमा आधारित सेवाहरू विस्तार गरिरहेको छ। यसबाट सदस्यहरूले जहाँसुकै र जुनसुकै समयमा सुरक्षित, छिटो र सहज रूपमा सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको छ।

आज संस्थाले हासिल गरेको सफलता सदस्यहरूको अटल विश्वास, कर्मचारीहरूको समर्पण, सञ्चालक समितिको दूरदर्शी नेतृत्व तथा शुभेच्छुकहरूको निरन्तर सहयोगको परिणाम हो। यस योगदानका लागि सम्पूर्ण सदस्य तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु। यस अवसरमा संस्थाको विकास यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण सदस्य, पूर्व पदाधिकारी, कर्मचारी, शुभेच्छुक तथा सहकारी अभियन्ताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

आगामी दिनमा पनि नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई अझ प्रविधिमैत्री, सदस्यमुखी, पारदर्शी र विश्वसनीय संस्थाको रूपमा विकास गर्दै उत्पादनशील ऋण लगानीमार्फत सदस्यहरूको आर्थिक समृद्धि र आत्मनिर्भर जीवन निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने हाम्रो दृढ संकल्प रहेको छ।

तपाईंहरूको निरन्तर विश्वास, सुझाव र सहकार्यको अपेक्षासहित।

Commitment of the Manager

व्यवस्थापकको प्रतिवद्धता

नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लामो समय देखि सेवा प्रवाह गर्ने क्रममा विभिन्न आरोह अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान कायम गर्न सफल भएको छ । संस्थाले राष्ट्रिय रुपमा प्राप्त सम्मान, पुरस्कार मायाँ विश्वासको परिणाम हो । यस अवधिमा संस्थाको सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण र अन्य वित्तिय सेवा प्रवाह गर्न सफल भई सम्पूर्ण वित्तिय समाधानको पहिलो छनांैट नयाँपाटी साकोस वनाउने कार्यमा निरन्तर प्रतिवद्धता जनाउदै सदस्य सन्तुस्ती र गुणस्तरिय सेवा प्रदानमा प्राथमिकता राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ । यसलाई थप प्रभावकारी व्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ । हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवस्यकता र सन्तुस्टिमा केन्दित भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलव्ध गराउन प्रतिबद्ध छौं ।