कार्यालय समय : सोमबार – शुक्रबार: ९:०० – ५:०० कारोबार समय: ९:०० – ४:०० +९७७ १४८ ००८८१
नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. — Nayapati Saving & Credit Cooperative Ltd.
ताजा सूचना

बचत सेवा

Regular Savings

नियमित बचत

सदस्यता प्राप्त भएको मिति देखि मासिक रुपमा वा अग्रिम रुपमा संस्थाले तोकेको रकम बचत गर्न सकिनेछ । संस्थाको सदस्यहरुको वित्तीय अवस्था भविश्यमा सुदृढ होस् भन्ने साथै सदस्यले आफ्नो चाहना अनुरुप यस बचत खाताको रकमबाट संस्थाको शेयर पूँजी बृद्धि गर्न सक्ने उद्देश्यले यो बचत खाता संचालन गरिएको छ ।

ब्याज:
२.९%

विशेषताहरू

  • सदस्यले मासिक न्यूनतम रु २०० वा सो भन्दा बढी बचत सकिने छ ।
  • नियमित बचत हरेक महिनाको ५ गते भित्र जम्मा गर्नु पर्नेछ । साथै अग्रिम रुपमा पनि जम्मा गर्न सकिनेछ ।
  • नियमित बचत खातामा त्रैमासिक रुपमा ( असोज, पौष, चैत्र र असार मसान्तमा) ब्याज जम्मा गरिनेछ ।
  • बचतमा २.९ % ब्याज प्रदान गरिनेछ ।
General Savings

साधारण बचत

ब्याज:
२.८%

विशेषताहरू

  • न्यूनतम रु. ५०० मौज्दात राखी खाता खोल्न सकिनेछ।
  • साधारण बचत खातामा त्रैमासिक रूपमा—असोज, पुस, चैत र असार मसान्तमा—ब्याज जम्मा गरिनेछ।
  • सदस्यको इच्छाअनुसार जुनसुकै रकम जम्मा गर्न तथा आवश्यकताअनुसार रकम झिक्न सकिनेछ।
Festival Savings

चाडपर्व बचत

समय समयमा मनाउने मूख्य चाडपर्वलाई सहज किसिमले मनाउन सकियोस भन्ने उद्देश्यले महिला सदस्यहरुलाई लक्षित गरि यो चाडपर्व बचत खाता संचालन गरिएको छ । यो बचत खातामा आफ्नो क्षमता अनुसार संस्थाले तोकेको रकम सम्म जम्मा गर्न सकिनेछ भने हरेक चाडपर्व आउनु १५ दिन अगाडी मात्र रकम निकाल्न सकिनेछ ।

ब्याज:
२.८%

विशेषताहरू

  • न्यूनतम रु १०० खातामा राखि खाता खोल्न र संचालन गर्न सकिने
  • बचतमा २.८ % ब्याज प्रदान गरिनेछ ।
  • हरेक चाडपर्व आउनु १५ दिन अगाडी मात्र बचत निकाल्न सकिने
  • चाडपर्वको लागि आवश्यक रकम जुटाउनको लागि बचत गर्न बानीमा प्रोत्साहन गर्ने
  • गृहिणी दिदिवहिनीहरुले मात्र खाता खोल्न सकिनेछ
Recurring Deposit

क्रमिक बचत

नियमित रूपमा बचत गर्दै आफ्नो रकम वृद्धि गर्न सकिने आकर्षक बचत योजना। १२ महिना, २४ महिना र ३६ महिनाको अवधिमा बचत गर्न सकिन्छ।

विशेषताहरू

  • १२ महिना: ३% वार्षिक
  • २४ महिना: ३.२५% वार्षिक
  • ३६ महिना: ३.५% वार्षिक
Fixed (Term) Deposit

आवधिक (मुद्दती) बचत

संस्थाले सदस्यहरुको रु ५ हजार देखि माथिको एकमुष्ठ बचत निश्चित १, २ वा ३ वर्षको अवधि सम्म राख्दामा उच्चतम प्रतिफल दिने उद्देश्यले यो आवधिक बचत संचालन गरिएको छ ।

विशेषताहरू

  • त्रैमासिक ब्याज निकाल्न सकिनेछ ।
  • आफ्नो रकमको ९० प्रतिशत ऋण सुविधा ।
  • ऋणको ब्याजदर आवधिक बचतमा प्राप्त हुने ब्याजदरमा ३ प्रतिशत थप ।
  • १२ महिना आवधिकमा ३.२५ प्रतिशत ब्याज प्रदान गरिनेछ ।
  • २४ महिना आवधिकमा ३.५ प्रतिशत ब्याज प्रदान गरिनेछ ।
  • ३६ महिना आवधिकमा ३.७५ प्रतिशत ब्याज प्रदान गरिनेछ ।
Salary Savings

तलबी बचत

संघ, संस्था, स्कूल तथा कलेजका कर्मचारीहरुको तलब रकम जम्मा गर्न सकियोस भन्ने उद्देश्यले यो बचत खाता संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।

ब्याज:
२.८%

विशेषताहरू

  • संघ, संस्था, स्कूल तथा कलेजका कर्मचारीहरुको खाता खोल्न सकिनेछ ।
  • शुन्य मौज्दातमा खाता संचालन गर्न सकिनेछ ।
  • बचतमा २.८ % ब्याज प्रदान गरिनेछ ।
  • सदस्यको चाहना अनुसार जतिपनि रकम जम्मा गर्न र रकम निकाल्न सकिनेछ ।
Daily Savings

दैनिक बचत

संस्थाले सदस्यहरुको आफ्नो व्यापार व्यवसायबाट प्राप्त रकम दैनिक रुपमा जम्मा गर्ने बानीमा प्रोत्साहन गर्ने उद्देश्यले यो दैनिक बचत संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।

ब्याज:
२.८%

विशेषताहरू

  • न्यूनतम रु १०० खातामा राखि खाता खोल्न र संचालन गर्न सकिनेछ ।
  • बचतमा २.८ % ब्याज प्रदान गरिनेछ ।
  • दैनिक बचत खातामा त्रैमासिक रुपमा ( असोज, पौष, चैत्र र असार मसान्तमा) ब्याज जम्मा गरिनेछ ।
  • सदस्यको चाहना अनुसार जतिपनि रकम जम्मा गर्न र रकम निकाल्न सकिने
  • दैनिक व्यवसाय, घरदैलो बाट बचत जम्मा गर्न सकिने बचत तथा ऋणको व्यालेन्सको बारेमा कर्मचारीसँग रहेको मोबाइल एजेन्सी मार्फत आफू रहेको स्थान मै जानकारी लिन सकिनेछ ।
Nayapati Special Savings

नयाँपाटी विशेष बचत

संस्थाको सदस्यहरुलाई निरन्तर रुपमा बित्तिय सेवा र बचत रकममा उच्च प्रतिफल दिने उद्देश्यले यो विशेष बचत संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।

ब्याज:
२.९%

विशेषताहरू

  • न्यूनतम रु १०,००० खातामा राखि खाता खोल्न सकिने
  • बचतमा २.९ % ब्याज प्रदान गरिनेछ ।
  • बचतमा ब्याज दैनिक मौज्दातमा दिइनेछ ।
  • नयाँपाटी विशेष बचत खातामा त्रैमासिक रुपमा ( असोज, पौष, चैत्र र असार मसान्तमा) ब्याज जम्मा गरिनेछ ।
  • सदस्यको चाहना अनुसार जतिपनि रकम जम्मा गर्न र रकम निकाल्न सकिनेछ ।
Nayapati Saral Saving

नयाँपाटी सरल बचत

संस्थाको सदस्यहरुलाई निरन्तर रुपमा बित्तिय सेवा र व्यवसाय, घरदैलोबाट सरल तरिकाले बचत गराउने उद्देश्यले यो सरल बचत संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।

ब्याज:
२.८५%

विशेषताहरू

  • न्यूनतम रु ५,००० खातामा राखि खाता खोल्न सकिनेछ ।
  • बचतमा २.८५ % ब्याज प्रदान गरिनेछ ।
  • बचतमा ब्याज दैनिक मौज्दातमा दिइनेछ ।
  • नयाँपाटी सरल बचत खातामा त्रैमासिक रुपमा ( असोज, पौष, चैत्र र असार मसान्तमा) ब्याज जम्मा गरिनेछ ।
  • सदस्यको चाहना अनुसार जतिपनि रकम जम्मा गर्न र रकम निकाल्न सकिने
Children’s Savings

बाल बचत

सदस्यले आफ्नो १० वर्ष भन्दा मुनिका छोरा छोरीको नाममा संस्थामा बाल बचत खोल्न सकिनेछ । बाल बचत खातामा मासिक रुपमा संस्थाले तोके अनुसार वा सो भन्दा बढी रकम जम्मा गर्न सकिनेछ । बचत खातामा जम्मा रकम १६ वर्ष अगावै बचत फिर्ता गर्न सकिने छैन भने १६ वर्ष पुरा भएपछि शेयर सदस्यमा परिणत गर्न सकिनेछ ।

ब्याज:
३.५%

विशेषताहरू

  • सदस्यका १६ वर्ष मुनिका बाल बालिकाको मात्र खाता खोल्न सकिनेछ ।
  • न्यूनतम रु १०० खातामा राखि खाता खोल्न सकिनेछ ।
  • न्यूनतम मासिक रु १०० वा त्यो भन्दा बढी रकम जम्मा गर्न सकिनेछ ।
  • बचतमा ३.५ % ब्याज प्रदान गरिनेछ ।
  • बाल बालिका १६ वर्ष पूरा भएपछि शेयर सदस्यमा परिणत गर्न सकिनेछ ।
Senior Citizen Savings

वृद्धावस्था बचत / जेष्ठ नगरिक

सदस्यको वृद्धावस्थाको लागि आर्थिक रुपमा सुरक्षित गर्ने उद्देश्यले ४० वर्ष माथि ५० वर्ष उमेर ननाघेको सदस्यहरुको लागि यो खाता संचालन गरिएको छ । यो बचत खातामा संस्थाले तोकेको अनुसार वा आफ्नो क्षमता अनुसार सो रकम बढी रकम सम्म जम्मा गर्न सकिनेछ भने सदस्य ६० वर्ष उमेर पुगे पछि मात्र बचत रकम निकाल्न सकिनेछ ।

ब्याज:
३.५%

विशेषताहरू

  • ४० वर्ष माथिको सदस्यहरुले खाता खोल्न सकिनेछ ।
  • मासिक न्यूनतम रु १०० वा सो भन्दा बढि रकम समेत जम्मा गर्न सकिनेछ ।
  • बचतमा ३.५ % ब्याज प्रदान गरिनेछ ।

कुन योजना उपयुक्त हो भन्ने निश्चित हुनुहुन्न?

कार्यालयमा सम्पर्क गर्नुहोस् — तपाईंको आवश्यकता अनुसार उपयुक्त बचत वा ऋण शीर्षक छनौट गर्न सहयोग गर्नेछौं ।

सम्पर्क गर्नुहोस्