०१-४८००८८१
nayapatisaccos@gmail.com
गोकर्णेश्वर ,नयाँ पार्टी, काठमाडौं

मेसेज फ्रम एक्ज्युकेटिभ चेयरम्यान

“सम्पूर्ण वित्तीय समाधानको पहिलो छनोट, नयाँपाटी साकोस” भन्ने मूल नारा लिएर समाजमा व्याप्त धेरै ब्याज तिरेर लिने ऋणको अन्त्य गर्न समाजमा छरिएर रहेका तत्कालीन अवस्थामा २८ जना युवाहरुको भेलाबाट २०५४ सालमा विधिवत रुपमा स्थापित यस नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.ले विभिन्न आरोह अवरोह पार गरी आजको अवस्थामा आई पुग्न सफल भएकोमा मेरो व्यक्तिगत तथा संस्थागत रुपमा संस्थापकज्यूहरु, शेयर सदस्यहरु, पूर्व सञ्चालकहरु, विभिन्न समिति, उप-समितिका मित्रहरु, अहोरात्र सहकारीको हितमा काम गर्ने कर्मचारी साथीहरु, एवं शुभेच्छुकहरुमा हार्दिक न्यानो सहकारीमय अभिवादन टक्राउन चाहन्छु।

संस्था जति जति ठूलो हुँदै गयो त्यति नै धेरै कठिनाइहरु पनि झेल्दै कठिनाइहरुको सामना गर्दै अगाडि बढ्दै जानु पर्ने विद्यमान अवस्थामा संस्थालाई एक ढिक्का गरी लानु पर्ने चुनौतीहरु बिच यो सहकारी अविचलित रुपमा अगाडि बढी रहेको र २८ जनाबाट सुरु भएको यस सहकारीमा हाल २०८२ साल मंसिर मसान्तसम्म जम्मा शेयर सदस्य संख्या ९८८७ जना रहेको छ र बाल सदस्य संख्या ७२३ सदस्य रहेको जानकारी गराउन पाउँदा मलाई ज्यादै खुशी लागेको छ।

दिन दुई गुणा रात चौगुणा भने झैँ यहाँहरुको विश्वास सद्भावले गर्दा यो सहकारी मध्यामाञ्चल विकास क्षेत्रको उत्कृष्ट सहकारी २०६२ ले सम्मानित सहकारी पनि हो।

आजसम्म आइपुग्दा यस सहकारीले हजारौँ अवसरहरु, रोजगारीहरु सिर्जना गरी करोडौँ रुपैयाँ लगानी गरी गरिबीको रेखामुनि पिल्सी रहेकाहरुलाई स्वरोजगार बनाई समाजमा सम्मानित जीवनयापन गर्न सहयोग गरिरहेको छ भने यस सहकारीको अर्को एउटा महत्वपूर्ण काम भनेको महिलाहरुलाई एकताबद्ध गरी लघुवित्त कार्यक्रम मार्फत महिला सशक्तिकरण कार्यमा सहयोग गरिरहेको छ।

यस बिचमा पनि यस सहकारीले विभिन्न आयमूलक, रोजगारीमूलक तालिमहरु, गोष्ठीहरु सञ्चालन गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत जनाउँदै, यस सहकारीले सञ्चालन गर्ने हरेक कार्यक्रमहरुमा यहाँहरुको सदैव साथ रहने विश्वास लिएको छु।

यसै गरी यस सहकारीमा कारोबार गर्ने महानुभावहरुलाई सहकारी साधारण सभा वा स्थापना दिवसको शुभ अवसरमा पुरस्कृत समेत गर्दै गरेका छौँ भने, कारोबार गर्ने महानुभावहरुलाई असहजता महसुस नहोस् भन्ने हेतुले समय सापेक्ष ब्याजदर कायम गरिएको समेत जानकारी गराउँदछु।

अन्त्यमा, यस सहकारीलाई धेरै माया गरिरहने संस्थापकहरु, पूर्व सञ्चालकहरु, समिति, उप-समितिका सदस्यहरु, शेयर सदस्यहरु, कर्मचारी मित्रहरु एवं शुभेच्छुकहरुबाट सधैँ यस्तै साथ र सद्भाव पाइरहूँ भन्ने कामना गर्दछु।